वार्षिकोत्सव रोकेर विदेश,अहिले गुप्तचर प्रमुखको तीज बिशेष

वार्षिकोत्सव रोकेर विदेश,अहिले गुप्तचर प्रमुखको तीज बिशेष
सुन्नुहोस्

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले यो वर्ष विदेश घुम्न जाने कार्यक्रम मिलाएपछि विभागको वार्षिकोत्सव नै हापिदिए । यसअघि भदौ १२ गते वर्षेनी विभागको स्थापना दिवस मनाउने चलन थियो । 

बहालरत र भूतपूर्व कर्मचारीलाई बोलाएर त्यो दिन औपचारिक कार्यक्रमपछि बिहानको खाना खुवाउने गरिएको थियो । तर थापा कोरिया गएपछि सामान्य कार्यक्रम सहित अपरेसन कमाण्डरले राति सीमित हाकिमसँग मदिरा पार्टीमा टारिदिए ।

यो वर्ष वार्षिकोत्सवको निमन्त्रणा नपाएपछि पूर्व प्रमुख तथा भूतपूर्व कर्मचारीले खिन्नता प्रकट गरेका थिए । बहालरत कर्मचारीसमेत उनीसँग बेखुश देखिए ।

तर,उनै थापाले आज कार्यालय हातामा तीज कार्यक्रम आयोजना गरेका छन् । दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म सिंहदरबारको कुनो बरफबाग परिसरमा राखिएको तीज कार्यक्रममा भद्र र विशेष पोशाक लगाएर आउन भनिएको छ ।

निम्तोमा भनिएको छ, ‘महिला कर्मचारीको लागि शुभकामना आदानप्रदान एवम् दर खाने कार्यक्रम राखिएको हुँदा उपस्थितिको लागि सबै सेक्टर इञ्चार्ज साबहरुले आफू मातहतका महिला कर्मचारीहरुलाई अनिवार्य रुपमा पठाइदिनहुन अनुरोध छ ।’

शुभकामना एवम् निमन्त्रणा 
नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा विभागीय एवम् अन्तर्गतका कार्यालयहरूमा कार्यरत राष्ट्र सेवक महिला कर्मचारीहरूमा सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
    हुतराज थापा
         मुख्य अनुसन्धान निर्देशक 
        राष्ट्रिय अनुसन्धान विभाग

नोट 
हरितालिका तीजको अवसरमा यस विभाग तथा अन्तर्गत कार्यालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक महिला कर्मचारीको लागी शुभकामना आदानप्रदान एवम् दर खाने कार्यक्रम गरीएको हुदा उपस्थितिको लागी सबै सेक्टर इन्चार्ज सावहरूले आफु मातहतका महिला कर्मचारीहरूलाई अनिवार्य रूपमा पठाइदिनु हुन निर्देशन बमोजिम अनुरोध छ।

मिती  :  २०८०/०५/२७ गते
समय : १३.०० बजेदेखी १७.०० बजे सम्म।
स्थान : बरफवाग परिसर ( रातो बंगला )
पोशाक :  भद्र / तिज विशेष

टिप्पणीहरू