राम्रो आम्दानीको प्रलोभनमा कुबेत पुर्‍याएर महिला बिक्री गरेको खुलासा

राम्रो आम्दानीको प्रलोभनमा कुबेत पुर्‍याएर महिला बिक्री गरेको खुलासा

कुवेतमा राम्रो आम्दानीको प्रलोभन देखाएर महिला बेचबिखन गरेका एक व्यक्ति पक्राउ परेका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनले कुवेतमा राम्रो आम्दानी हुने र वैदेशिक रोजगारीका लागि त्यहाँ पठाइदिने भन्दै बेचबिखन गरेको अनुसन्धानबाट खुलेको छ । बराकोटीले पीडित महिलालाई भिजिट भिसामा कुवेत पुर्याई कुवेती नागरिकको घरमा बेचबिखन गरी कमिसनसमेत लिएको प्रहरीको भनाई छ ।

आफूलाई नेपाल फिर्ता पठाइदिन पीडितले पटकपटक आग्रह गरेपछि प्रतिवादीहरुले पाँच लाख रुपैयाँ मागेका थिए । नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी तीन लाख रुपैयाँ जम्मा गरेपछि मात्र फर्काइएको थियो ।

गत फागुन २१ गते स्वदेश फर्किएपछि पीडितले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दरखास्त दिइन् । सो क्रममा आरोपित बराकोटीलाई अस्ति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू