बुद्धचित्त

आरो र सकेटले निम्त्याएको संकट

छिमेकी देश चीन लैजान व्यापारीले अग्रिम रूखमा दाना नलाग्दै खरिद बिक्रीको सम्झौता गरेको बुद्धचित्तको रुख सकेट बम राखेर काटेको अभियोगमा दुई वटा किटानी जाहेरी दर्ता भएका छन् । तेमाल गाउँपालिका–६ घर भई बनेपा–६ बस्ने ३० वर्षीय समिप त्रिपाठी र रोशी गाउँपालिका–५ बस्ने ४६ वर्षीय निरबहादुर तामाङले डाँकासम्बन्धी कसुरमा जाहेरी दिएका हुन् । किटानी जाहेरीमा तेमाल गाउँपालिका ६ घर भएका ४१ वर्षीय सिजन भन्ने मानबहादुर तामाङ, सोही ठेगानाका २८ वर्षीय कविन्द्र तामाङ,…