क्युएनए,रासस

रासस र कतार न्युज एजेन्सीबीच समाचार आदानप्रदानको तयारी

नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’ (क्युएनए) बीच समाचार आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि गर्न लागेको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा दुई देशका समाचार समितिबीच समझदारीपत्रमा हस्ताक्षर गर्न लागिएको बताइएकोछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार समझदारीपछि दुवै संस्थाबीच निःशुल्क समाचार आदानप्रदान हुनेछ । रासस विसं २०१८ फागुन ७ गते स्थापना …