'भ्रष्टाचारका कति वटा फाइल खोलियो?' भन्दै न्यायाधीशपत्नी सडकमा

पूर्व न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावल आज पनि धर्नामा बसेकी छन् । 

गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै वैशाख ९ गतेदेखि माइतीघर मण्डलामा बसेकी उनले आज पनि धर्नालाई निरन्तरता दिएकी हुन् । सर्वोच्च अदालतले गिरीलाई थुनामा पठाउने आदेश गरेर आफूलाई न्याय दिएको तर राहत नपाउँदा जीविकोपार्जनमा समस्या भएको उनको गुनासो छ । 

‘सहकारी बचत रकम खोई ?',‘जिबी राई खोई ?’,‘चोखो भए उच्चस्तरीय छानबिन समिति तुरुन्त गठन गर’,‘निर्मला पन्तको बलात्कारी खोई ?’,‘शालिग्राम पुडासैनीको हत्यारा खोई ?’,‘भ्रष्टाचारी नेताहरुका फाइल कति वटा खोलियो ?’,‘राज्यद्वारा समस्त क्षेत्रका पीडितलाई न्याय खोई ?’,‘जनता ठग्ने, काण्डैकाण्डले देश चिनाउने गृहमन्त्री राजीनामा दे’, लेखिएका ब्यानर सडकमा ओछ्याएर उनले बिहानैदेखि धर्ना दिइरहेकी छन् ।
 
आरतीले पीडित राहत कोषबाट स्वास्थ्य उपचार तथा जीविकोपार्जनका लागि राहतको व्यवस्थापन गरिदिन माग गरेकी छन् ।

टिप्पणीहरू