पैसा नतिर्दा लाइन काटियो,सिङ्गै गाउँ अन्धकार

पैसा नतिर्दा लाइन काटियो,सिङ्गै गाउँ अन्धकार

काभ्रेको भुम्लु गाउँपालिका-४ चौवासको विध्युत प्रशारण लाइन काटिएपछि त्यस भेगका बासिन्दा विद्युतीय सेवाबाट बन्चित भएका छन् । लामो समयसम्म महसुल नतिरेको भन्दै प्राधिकरणको पाँचखाल वितरण केन्द्रले लाइन काटेपछि चौवास क्षेत्र अन्धकार बनेको हो ।

बारम्बार बक्यौता रकम तिर्न ताकेता गर्दा पनि अटेर गरेपछि प्रशारण लाइन काट्नु परेको पाँचखाल वितरण केन्द्रले जनाएको छ । केन्द्रले दिएको जानकारीअनुसार ६ लाख १६ हजार ६२८ रुपैयाँ बक्यौता रकम चौवास सामुदायिक बिद्युतीकरणले तिर्न बाँकी छ ।

विद्युतमा कुनै समस्या आएमा जतिबेला पनि सेवा दिन प्राधिकरण तयारी अवस्थामा रहेको भएता पनि बारम्वारको सूचनालाई अटेर गरेर बक्यौता रकम तिर्न आनाकानी गरेपछि प्रशारण लाइन काटिएको केन्द्रको भनाई छ ।उक्त भेगमा विद्युत लाइन नभएको जानकारी पाएपछि पालिका अध्यक्ष गुमानध्वज कुँवरसँग सम्पर्क गर्दा विद्युतको जिम्मेवारी सामुदायिक विद्युतीकरणले लिएको र रकम नतिरेको कारण लाइन काटिएको बताए ।

बक्यौता रकम नतिरेको ६० दिन पूरा भएपछि प्राधिकरणले जतिबेला पनि लाइन काट्न सक्ने व्यवस्था छ ।

टिप्पणीहरू