प्रियंकाको नयाँ घरको लफडा सल्ट्यो

प्रियंकाको नयाँ घरको लफडा सल्ट्यो
सुन्नुहोस्

अभिनेत्री प्रियंका चोपडाको नयाँ घरसम्बन्धी विवादमा पूर्णविराम लागेको छ । रियलस्टेट कम्पनीले मर्मत सम्भार खर्च व्यहोर्न सहमतिपछि लफडा समाधान भएको बताइएको छ ।

प्रियंकाले चार वर्षअघि  अमेरिकाको लसएञ्जलसमा दुई अर्ब ६५ करोड भारतीय रुपैयाँमा नयाँ घर किनेकी थिइन् । तर किनेको केही समयपछि प्रियंकाले घरको स्वीमिङ पुल, स्पा कक्ष र योगा कक्षमा विभिन्न समस्या देखिएकाले घरजग्गा कम्पनीले आफूलाई धोका दिएको बताएकी थिइन् । उनले उक्त रियलस्टेट कम्पनीविरुद्ध स्थानीय अदालतमा मुद्दा दायर गरिन् । 

करिब एक वर्षपछि उक्त कम्पनी गल्ती स्वीकार गर्दै घरको मर्मत सम्भार खर्चवापत ३२ करोड रुपैयाँ बराबरको अमेरिकी डलरमा क्षतिपूर्ति दिन सहमत भएको बताइन्छ । मर्मत सम्भारपछि घर आकर्षक देखिएको दी सन युएसले जनाएको छ । 

केही दिनयता प्रियंकाको उक्त महंगो घरका केही तस्बिर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित भइरहेका छन् ।

टिप्पणीहरू