पूर्वमन्त्रीद्वारा मन्दिर उद्घाटन
काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका वडा नम्बर ६, कात्तिके देउरालीमा पाथिभरा सेतीदेवी मन्दिरको उद्घाटन गरिएको छ ।
नेकपा एमालेका नेता, पूर्वमन्त्री एवम् सांसद गोकुल बास्कोटाको प्रमुख आतिथ्यमा आज मन्दिर उद्घाटन गरिएको हो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रत्न ढकाल पनि पुगेका थिए ।
गाउँपालिकाका प्रमुख रेनुका चौलागाईं, जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमलगायत सर्वसाधारणको पनि मन्दिर उद्घाटन कार्यक्रममा सहभागिता थियो ।
टिप्पणीहरू