करिश्मालाई फ्यानको प्रश्न- राम्री भइरहने के जादु छ ?

करिश्मालाई फ्यानको प्रश्न- राम्री भइरहने के जादु छ ?

नेपाली सिने क्षेत्रमा करिश्मा मानन्धरलाई सदाबहार अभिनेत्रीको रुपमा चिनिन्छ । एक जमानाकी व्यस्त नायिका उनी पछिल्लो समय चलचित्रको पर्दामा खासै देखिएकी छैनन्, तर चर्चामा भने आइरहन्छिन् । 

फिल्ममा खासै सक्रिय नभए पनि म्युजिक भिडियो र कर्पोरेट विज्ञापनहरुमा भने करिश्माको व्यस्तता झन् बढ्दो छ । हालै उनको उनको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ - लाम लाम पिरती । छविराज सुनार र शान्ति श्री परियारले स्वर दिएको गीतमा चार जना फिचर्स छन् । 

करिश्मा र दिलिप रायमाझीसँगै गायक प्रकाश सपुत र मोडल प्रिज्मा खतिवडालाई म्युजिक भिडियोमा जोडीका रुपमा प्रस्तुत गरिएको छ । 

मोडल प्रिज्माभन्दा करिश्मा आमा उमेरकी हुन् । तर, भिडियो हेरेर प्रतिक्रिया दिने अधिकांश दर्शकहरुले मोडल प्रिज्मालाई पाखा लगाएर करिश्माको सुन्दरताको तारिफ गरेका छन्  । 

त्यति मात्र होइन, करिश्माले आज बिहानै फेसबुकमा एउटा तस्वीर शेयर गरिन्, 'गुड मर्निङ' भन्दै । जसमा उनी स्कुले ड्रेसमा सजिएकी छन् । यो तस्वीरलाई लिएर अहिले उनका फ्यानहरुले रमाइलो प्रतिक्रिया दिइरहेका छन् । 

लक्षिणबार घर्तीले सुन्दरता घट्न नदिने जादु के हो ? भनेर सोधेका छन् । 'पहिला आन्टी भन्ने जस्तो हुनुहुन्थ्यो, त्यसपछी दिदि भन्ने जस्तो लाग्थ्यो, केही बर्षअघि चै सोल्टिनी भनुम् झैँ लाग्ने भाथ्यो', उनले लेखेका छन्, 'हुँदा-हुँदा अब त बैनी भन्ने जस्तो देखिन थाल्नु भो । के जादु छ त्यस्तो हँ ?'

त्यस्तै प्रकाश घिमिरेले करिश्मालाई नेपाली चलचित्रको 'रानी' उपमा दिदै पढाइबारे प्रश्न गरेका छन् । उनले सोधेका छन्, 'नेपाली फिल्मको एक मात्र रानी । अनि पढाइँ चै कहाँ पुग्यो रानी ?'
 

टिप्पणीहरू