कृषिका सहसचिव बर्खास्त

कृषिका सहसचिव बर्खास्त

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक जना सहसचिवलाई बर्खास्त गरिएको छ ।

लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट हटाइएको छ । मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को निर्णयानुसार उनलाई सेवाबाट हटाइएको जानकारी दिइएको छ। 

जारी सूचनामा भनिएको छ,‘मिति २०८०–०१–०२ देखि (लगातार नब्बे दिनभन्दा बढी समय) अनुपस्थित रहनुभएकोले निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (६) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३) को प्रतिबन्धात्मक बाक्याँसबमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार सेवाबाट हटाउने निर्णय भएकोले निजामती सेवा नियमावली, २०५० को नियम ११४ को खण्ड (घ) को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।’
 

टिप्पणीहरू