प्रहरीले जफत गरेका सामान भन्सारमा

प्रहरीले जफत गरेका सामान भन्सारमा
सुन्नुहोस्

जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छलेर ल्याइएका झण्डै १० लाख रुपैयाँ बराबरको मालसामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । 

भन्सार छलेर ल्याइएका नौ लाख ९० हजार १८० रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा औषधि आज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले अस्ति वीरगञ्ज महानगरपालिका–११, कृषि अनुसन्धान केन्द्रस्थित सडकबाट दुई लाख १२ हजार रुपैयाँ बराबरको ६६ बट्टा औषधि बरामद गरेको थियो । 

त्यस्तै, वडा प्रहरी कार्यालय बिर्ता र प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले पनि भन्सार छलेर ल्याइएका सात लाख ७८ हजार १८० रुपैयाँ बराबरका विभिन्न लत्ताकपडा तथा खाद्यान्न बरामद गरेको छ ।

टिप्पणीहरू