युवाहरुलाई निःशुल्क सीपमूलक तालिम

युवाहरुलाई निःशुल्क सीपमूलक तालिम

काठमाडौं महानगरपालिकाले युवाहरुलाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्ने भएको छ । महानगरले यही वैशाख १९ गते (अन्तर्राष्ट्रिय श्रमिक दिवस) देखि एक महिनासम्मका लागि तालिम कार्यक्रम गर्न लागेको हो । 

सो अवधिमा विभिन्न किसिमका सीपमूलक व्यावसायिक तालिमहरु निःशुल्क रुपमा प्रदान गरिने महानगरले जनाएको छ । युवामा व्यवसायिक सीपको महत्त्वबारे चेतना जगाउन, आयमूलक कार्यक्रममा चासो र सहभागिता बढाउन र उनीहरुलाई रोजगारमूलक वा उद्यमशील बनाउने उद्देश्यका साथ तालिम दिन लागेको महानगरको भनाइ छ ।  

महानगरका अनुसार तालिम कार्यक्रम टुँडिखेलमा आयोजना गरिनेछ । तालिममा महानगर क्षेत्रका बासिन्दालाई प्राथमिकतामा राखिने बताइएको छ । साथै, महानगरले तालिममा बढीभन्दा बढी युवाहरुलाई उपस्थित हुन पनि आग्रह गरेको छ ।

टिप्पणीहरू