अब खर्चिला पाहुनालाई नेपाल भित्र्याऊँ !

अब खर्चिला पाहुनालाई नेपाल भित्र्याऊँ !
सुन्नुहोस्

– निनाम लोवात्ती

सन् २०१९ को अन्तिमदेखि शुरु भएको कोरोना महामारीपछि चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई सन् २०२३ को फेब्रुअरी ६ तारिखदेखि मात्रै विदेश भ्रमण गर्न योग्य देशका रूपमा २० वटा देश छानेको थियो । ती थिए– थाइल्याण्ड, इण्डोनेसिया, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुर, लाओस, संयुक्त अरब इमिरेट्स, इजिप्ट, केन्या, दक्षिण अफ्रिका, रुस, स्वीटजरल्याण्ड, हंगेरी, न्युजिल्यान्ड, फिजी, क्युबा र अर्जेन्टिना । 

हुन त चिनियाँ पर्यटकको प्रथम रोजाइका देशमा चाहिँ जापान, दक्षिण कोरिया, अमेरिका, अष्ट्रेलिया, नर्वे, फ्रान्स, जर्मनी, अष्ट्रिया, इटली, पोर्चुगल आदि छन् । हालसालै पर्यटन उद्योगसँग सम्बन्धित संस्था ‘चाइना आउटबाउण्ड टुरिज्म रिसर्च इन्स्टिच्युट (कोटरी) ले गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१९ मा एक सय ७० मिलियन चिनियाँ विभिन्न देश घुम्न निक्लिएका थिए भने तिनले यसरी घुम्ने क्रममा दुई सय ५४ दशमलव ६ बिलियन अमेरिकी डलर खर्च गरेका थिए । 

पूर्वी युरोपमा अवस्थित देश अल्बानियाले केही वर्षदेखि चिनियाँ पर्यटकलाई ‘फ्रि भिसा’ दिने गरेको छ । त्यस्तै गरेर ट्रिप डट कमको, डाटा ग्रुपलाई उद्धृत गर्दै लेखिएअनुसार सन् २०२२ को डिसेम्बर अन्तिम ताका मात्रै २ सय ५४ प्रतिशत चिनियाँ नागरिकले अन्य देशको लागि एयर टिकट काटेका थिए । 

हामीले चिनियाँ पर्यटक धेरैभन्दा धेरै भित्र्याउनका लागि ठूलो र धेरै जनसंख्या बसोवास गर्ने शहरहरू चोङछिङ, साङघाई, बेईजिङ, छेङदु, ग्वाङझाओ, सेनजेन, थियानजिन, वुहान, सुझोउ, हार्बिनमा सीधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ ।

नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन् । उनीहरू ट्रेकिङ, र्‍याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिक रूपमा भने भारतीय एवम् अन्य देशका पर्यटकहरू भन्दा धेरै फाइदा भइरहेको देखिन्छ । त्यसो त स्थानीय होटल, होमस्टे, गेष्टहाउस तथा लज चलाउने व्यवसायीका अनुभवमा आजभोलि बरु आन्तरिक पर्यटक (नेपाली) ले पो बरु विदेशीले भन्दा कता हो, कता बढी खर्च गर्ने गरेका छन् । 

टिप्पणीहरू