ह्वात्तै बढ्यो गर्मी, उच्च सर्तकता अपनाउन आग्रह

ह्वात्तै बढ्यो गर्मी, उच्च सर्तकता अपनाउन आग्रह
सुन्नुहोस्

काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ ।  वैशाख लागेसँगै क्रमश: बढ्दै गएको तापक्रम केही दिनयता ह्वातै बढेको हो । 
 
अहिले काठमाडौँको तापक्रम ३१ देखि ३२ डिग्री सेल्सियसम्म पुगेको छ । तराईका जिल्लामा ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम छ । मुलुकभर अझै तापक्रम बढ्ने अनुमान गरिएको छ ।

बढ्दो गर्मीका कारण वायुमा असर परी तातो हावा चलिरहेको छ । गर्मी बढेसँगै बजारमा खरबुजा, उखु, आइसक्रिस, नरिवल पानी र लस्सीको बिक्री समेत बढेको छ । 

चिकित्सकहरु पनि गर्मीको बेलामा शरीरमा पानीको अभाव हुने र स्वास्थ्यमा समस्या देखिने हुँदा पानीसँगै शरीरलाई शीतल दिने फलफुल र तरकारी खानुपर्ने बताउँछन् । विशेष गरी बालबालिका, वृद्धवृद्धा र बिरामीलाई गर्मीको समयमा उच्च सर्तकता अपनाउन चिकित्सकहरुको आग्रह छ ।


 

टिप्पणीहरू