ब्यारेकबाट एक रातलाई निस्केकी देवयानी अझै बेपत्ता

ब्यारेकबाट एक रातलाई निस्केकी देवयानी अझै बेपत्ता
सुन्नुहोस्

युवापुस्तामा सरकारी जागिरप्रति औधी मोह छ । यसर्थ वर्षेनि लाखौंले लोकसेवाको तयारी गर्छन्, परीक्षा दिन्छन् ।

तर, हजारमा मात्र नाम निकाल्न सफल हुन्छन् । झन् सुरक्षा क्षेत्रमा त युवापुस्ताको आकर्षण बढ्दो छ । उता, फाराम भर्नकै लागि घण्टौं उभिनुपर्दादेखि कष्टकर तालिम सकाएर बल्लतल्ल खाएको जागिर छोड्ने क्रम पनि केही समययता ह्वात्तै बढेको छ । 

यसरी नै भाग्नेमध्येका गगन बुढा क्षेत्री गत चैत ९ गतेदेखि सम्पर्कविहीन छन् । एक दिने घर बिदा मागेर निस्किएका उनी नफर्किएपछि सेनाले प्रहरी लगाएर धुइँधुइँती खोजिरहेको छ । 

बाँकेको बैजनाथ गाउँपालिका–२ बस्ने झुप बूढा क्षेत्रीका नाति एवं सम्मरबहादुरका छोरा उनलाई कहीँ–कतै भेटेमा समातेर जिम्मा लगाउन भनिएको छ । सिपाही रमेशसिंह खाति पनि भगौडामा परेका छन् । उनी दार्चुलाका दलजित सिंह खातिका नाति एवं धनसिंहका छोरा हुन् । चैत २२ गते एक दिने बिदा मागेका उनी अहिलेसम्म पनि सम्पर्कमा नआएको बुझिएको छ । १६ दिने घर बिदामा बसेका सिपाही करण चौधरीको पनि अत्तोपत्तो छैन । चैत १२ गते हाजिर हुनुपर्ने उनी बाराको कोल्हवी गाउँपालिका निवासी बन्सी चौधरीका नाति एवं झगरुका छोरा हुन् । 

घर बिदामा गएका सिपाही अमित विष्टसमेत सम्पर्कविहीन छन् । उनलाई खोज्दै सेना हैरान छ । कालिकोटको नरहरी गाउँपालिका–८ का मकर सिंह विष्टका नाति एवं दानबहादुरका छोरा उनी चैत २० गते हाजिर हुनुपर्ने थियो । विमानस्थलमा सामान पुर्‍याउन भनी हिँडेका सिपाही शोभाखर ढकालको समेत खोजी भइरहेको छ । स्याङ्जाको आँधिखोला गाउँपालिका १, अधौदीका टिकाराम ढकालका नाति एवं रामचन्द्रका छोरा उनी चैत ९ गते एक दिन छुट्टी मागेर गुल्मबाट निस्किएका थिए । 

सिपाही विज्ञ लिम्बु चैत २ गतेबाट बिदामा थिए । ताप्लेजुङको सिदिङवा गाउँपालिका–७ का नारायणदल लिम्बुका नाति एवं मनबहादुरका छोरा उनी र आकाशकुमार थारु २७ दिन घर बिदा मागेर ब्यारेकबाट निस्किएका थिए । बाँकेको बैजनाथ गाउँपालिका ८ बस्ने उनी चैत २० गते हाजिर हुनुपर्ने थियो । चैत २० गते हाजिर हुने भनेर बिदामा बसेका सिपाही भुपेन्द्र रोकाय सम्पर्कविहिन छन् । बर्दियाको बाँसगढी नगरपालिका ९ का नहकुल रोकायका नाति एवं कर्णबहादुरका छोरा उनी फेला परेमा पक्राउ गर्न सेनाले निर्देशन दिएको छ ।

पाँच दिन बिदामा बसेका सिपाही दिनेश भुल पनि सम्पर्कमा नआएको बुझिएको छ । कैलालीको लम्किचुहा नगरपालिका ९ का खन्टे भुलका नाति एवं गर्वेका छोरा उनी घरायसी समस्या परेको भन्दै चैत १५ गतेबाट बिदामा थिए ।आर्मी ड्रिल शिक्षक तालिममा तालिमरत सिपाही घनश्याम कार्की बेखबर छन् । श्री मध्यपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत उनी बिदा सकाएर पनि कार्यालयमा हाजिर हुन नआएका हुन् । गुल्मीका बलबहादुर कार्कीका नाति एवं चुराबहादुरका छोरा उनलाई सेनाले खोजिरहेको छ । एक दिन बिदामा निस्किएकी सिपाही रञ्जिता मगर त्यसपछि देखा परिनन् । रामेछापको मन्थली नगरपालिका २ निवासी लालबहादुरकी नातिनी एवं सन्तबहादुरकी छोरी उनी फोन नै बन्द गरेर बसेकी छिन् ।

ब्याच नम्बर ३१३९५० भएकी उनी फेला परेमा समातेर जानकारी गराउन भनिएको छ । दुई दिन घर बिदामा निस्किएका सिपाही नवराज घिमिरे भगौडामा परेको महिना दिन हुन लागेको छ । उनी उदयपुरको बेलका नगरपालिका ४, गुरुङ्गचौरी बस्ने पशुपति घिमिरेका नाति एवं लक्ष्मीप्रसादका छोरा हुन् ।

सिपाही रूपा योङहाङ पनि बेपत्ता छिन् । चैत ९ देखि १२ गतेसम्म बिदामा बसेकी उनको अहिलेसम्म कुनै खबर छैन । पाँचथरको हिलिहाङ गाउँपालिका ५ बस्ने जसकराम योङहाङकी नातिनी एवं बमबहादुरकी छोरी उनलाई सेनाले छ्याप्छ्याप्ती खोजिरहेको छ । ब्याच नम्बर ३१४१८४ भएकी उनले सैनिक परिचयपत्र भने नबनाएको बुझिएको छ । 

कोही नभएको मौका छोपेर सिपाही रिद्दि जवेगुले तारबार नाघी सुइँको ठोकेका छन् । चैत ४ गते साँझ ५ बजे भागेका उनी पाँचथरको फालेलुङ्ग गाउँपालिका ८ का पृथीलाल जवेगुका नाति एवं हरिकुमारका छोरा हुन् ।

घरमा समस्या परेको भन्दै एक महिना छुट्टीमा बसेकी सिपाही कमला थापा बेपत्ता छिन् । ब्याच नम्बर २९७३६४ भएकी उनी गुल्मीको रेसुङ्गा नगरपालिका ६ बस्ने रुद्रबहादुरकी नातिनी एवं खुमबहादुरकी छोरी हुन् । फागुन ११ गते हाजिर हुनुपर्ने उनी कार्यालय नफर्किएपछि सेनाले खोज्न थालेको छ । 

२४ घण्टे पूर्जी जारी गर्दासमेत नआउने सिपाही हुन्, तुलसिङ घले । १७ दिन छुट्टीमा छोडिएका उनी फर्किएनन् । गोरखाको धार्चे गाउँपालिका २, केरौजाका लोम छिरिङ घलेका नाति एवं मिकमारका छोरा उनको ब्याच नम्बर ३१२०५२ रहेको छ । आफ्नो घर निर्माण गर्नुपर्ने भन्दै बिदामा बसेका सिपाही जगदिश रावत सम्पर्कविहिन छन् । श्री उत्तरपश्चिम पृतना तालिम शिक्षालयमा बन्दोबस्ती काजमा रहेका उनी २० दिने बिदामा थिए । 

फागुन २६ गते हाजिर हुनपर्ने उनी डेढ महिना हुन लागिसक्दासमेत कार्यालय आएका छैनन् । उनी जाजरकोटका हुन् । राते गएकी सिपाही देवयानी थापा पनि बेपत्ता छिन् । ब्याच नम्बर ३०१०६५ भएकी उनलाई पटकपटक सम्पर्कको प्रयास गर्दापनि सफल हुन नसकेको हो ।

सर्लाहीको बागमती नगरपालिका १, मिलनचोकका मोहनबहादुरकी नातिनी एवं सानुकुमारकी छोरी उनले परिचयपत्र साथमै लगेकी छन् ।आरमोरर मेकानिक्स प्राविधिक हुद्दा टिकाराम कार्की पनि बेपत्ता भएको पाइएको छ । झापाको शिवसताक्षी नगरपालिका ११ बस्ने हर्कबहादुरका नाति एवं यमबहादुरका छोरा उनी फागुन ३० गते हाजिर हुनेगरी १४ दिन बिदामा थिए । 

केशकर्तक गणेशबहादुर विष्ट एक महिनादेखि गायव छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का उनलाई पाँच दिन छुट्टीमा छोडिएको थियो । मेलम्चीस्थित सुरक्षा गुल्ममा तालिमरत तीन जना सैन्य फागुन ६ गते एकैपटक भागेका छन् । भाग्नेमा जगजीवन महतो, सञ्जयकुमार यादव र सीताराम तामाङ रहेका छन् । दोस्रो टर्म ब्रेक बिदामा छोडिएका सैन्य विक्रम लावती हराएका छन् । पाँचथरका उनी तोकिएको मितिमा हाजिर भएनन् । 

यसबीच चार महासेनानी बढुवा सिफारिस भएका छन् । साधारण सेवातर्फ रिक्त सहायक रथी पदमा असवा निर्देशनालयका पुरुषोत्तम खड्का, सुदूरपश्चिम पृतना हेडक्वार्टरका सुवासजंग थापा, पूर्वी पृतना हेडक्वार्टर (काज सूचना कार्य ‘इन्फोअप्स’ महाशाखा) का गौरव गुरुङ्ग, विशेष फौज बाहिनीका ध्रुवकुमार कार्कीले फुली थप्न लागेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू