गण्डकीमा अधिवेशन आह्वान

गण्डकीमा अधिवेशन आह्वान
सुन्नुहोस्

गण्डकी प्रदेशसभाको अधिवेशन बोलाइएको छ । 

प्रदेश प्रमुख डिल्लीराज भट्टले यही वैशाख ७ गते दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्धारा जारी विज्ञप्तिमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको जनाइएको छ । 

‘माननीय प्रदेश प्रमुख डिल्लीराज भट्टबाट नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको अधिवेशन संवत् २०८१ वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि प्रदेशसभा भवन, नदीपुरमा आरम्भ हुने आह्वान गर्नुभएको व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू