यस्तो देखियो सेतो मच्छिन्द्रनाथको रथयात्रा (फोटोफिचर)

यस्तो देखियो सेतो मच्छिन्द्रनाथको रथयात्रा (फोटोफिचर)
सुन्नुहोस्

काठमाडौं उपत्यकामा मनाइने सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट शुरु भएको छ । वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथ पहिलो दिन जमलको तीन धाराबाट तानेर असन पुर्याइएको छ । 

दोस्रो दिन भोलि असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट तानेर रथ लगनटोल पुर्याइन्छ । चौंथो दिन लगनमा रथ घुमाउने प्रचलन छ । पाँचौं दिन मछिन्द्रनाथको मूर्तिलाई सानो रथमा राखेर लगनटोलबाट मच्छिन्द्रबहालसम्म यात्रा गराइन्छ । 

सेतो मछिन्द्रनाथको दर्शन गरे सुःखशान्ति, सुःस्वास्थ्य, दीर्घायु तथा उन्नति प्राप्त हुने जनविश्वास छ ।

टिप्पणीहरू