हर्षोल्लासका साथ मनाइयो ईद (फोटोफिचर)

हर्षोल्लासका साथ मनाइयो ईद (फोटोफिचर)
सुन्नुहोस्

मुस्लिम धर्मावलम्बीको महान् चाड ईद–उल फित्र आज हर्षोल्लासका साथ मनाइएको छ । मुलुकभरका मस्जिदमा सामूहिक नमाज पढ्नुका साथै आपसमा खुशी साटासाट गरेर उनीहरुले ईद मनाएका हुन् । 

काठमाडौँको कास्मिरी तकिया मस्जिदमा आज मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्व हो । महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमदान महिनाको अन्तिममा ईद मनाइन्छ । ईद–उल फित्रको अर्थ व्रत समाप्त गर्ने पर्व हो । 

हिजरी संवत्को रमदान महिनाभर रोजा (व्रत) बसेका ईस्लाम धर्मावलम्बीले सौव्वाल महिनाको पहिलो तारिकमा ईद मनाउँछन् । ईदमा अल्लाहको नाममा विशेष नमाज पढ्ने परम्परा छ । दान दिनु, गरिब र असहायको सेवा गर्नु, जकात निकाल्नु यो पर्वको ठूलो विशेषता हो । 

ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

टिप्पणीहरू