महानगरको स्टोरबाट नक्सासम्बन्धी कागज गायब

महानगरको स्टोरबाट नक्सासम्बन्धी कागज गायब
सुन्नुहोस्

कास्कीमा सरकारी कागजात चारेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–९, बस्ने २८ वर्षीय सुविर थापा मगर र २९ वर्षीय सरोज थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पोखरा महानगरपालिका–८, नयाँबजारस्थित हाल सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र रहेको महानगरको भवनमा अस्ति राति चोरी भएको हिजो बिहान थाहा पाइएको थियो । 

महानगरको स्टोर बनाइएको उक्त भवनको ताल्चा फोडेर घर नक्साको अभिलेख चोरिएको आरोपमा जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको टोलीले आज उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

दुबै जनको साथबाट चोरिएका ३९ थान कागजात बरामद गरिएको प्रहरीले जनाएको छ । चोरीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू