एमालेको लोगो लाउने,चुल्हो छुट्टै बाल्ने,अदालतले भ्वाङ्ग टाल्ने

एमालेको लोगो लाउने,चुल्हो छुट्टै बाल्ने,अदालतले भ्वाङ्ग टाल्ने

नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध पुगेको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । निवेदक मनिषा गौतमले गत वैशाख ६ गते पेश गरेको रिटलाई सर्वोच्चले आज दरपीठ गरेको हो । 

सहरजिष्ट्रार विमल पौडेलको आदेशबाट सो रिट दरपीठ भएको सर्वोच्चले जनाएको छ । आफू अध्यक्ष रहेको दल त्याग नगरी प्रतिनिधिसभा सदस्यमा एमालेबाट मनोनित भएको भन्दै काभ्रेपलाञ्चोककी गौतमले रिट निवेदन दिएकी थिइन् । 

नेपाल परिवार दलको अध्यक्षसमेत रहेका उनीसहित संघीय संसदलाई विपक्षी बनाएर हालिएको रिटमा उनको सांसद पद खारेजीको माग गरिएको छ । उक्त रिट प्रक्रिया पूरा नगरी आएको र अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत पर्ने भएकाले दर्ता गर्न नमिलेको आदेशमा उल्लेख छ ।

‘एउटा पार्टी परित्याग नगरिकन अर्को पार्टीमा आबद्ध हुन पाइँदैन । त्यसो गरेमा पार्टीले कारबाही गर्न सक्छ । तर,यसमा निर्वाचन आयोगले केही पनि गर्न सक्दैन ।’ 

दरपीठ आदेशमा भनिएको छ,‘यसमा यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत आउँदा निवेदकको के कुन हक अधिकारको के कसरी हनन् हुन गएको हो प्रष्ट खुलाउनुपर्नेमा सो उल्लेख नभएको,सार्वजनिक सरोकारको विवाद हो भनी दर्ता गर्न ल्याएको प्रस्तुत निवेदन सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४०(२)(घ) तथा नियम ४१ समेतको प्रक्रिया पूरा नगरी यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत पर्न आएको रिट निवेदन सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दर्ता गर्न मिलेन । मुलुकी देवानी कार्यविधिसंहिता,२०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दरपीठ गरी दिएको छ । कानुन बमोजिम गर्नु ।’

ढकाल हाल पनि नेपाल परिवार दलको अध्यक्ष छन् । निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुको गत चैत २२ गतेसम्मको विवरणमा सो दलको अध्यक्षमा उनकै नाम छ । एउटा दलको अध्यक्ष हुँदै उनी अर्को पार्टीबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक तर्फबाट मनोनित भएका हुन् । यता,आयोगका उपन्यायाधिवक्ता टेकराज भुसालले एउटा दल परित्याग नगरी अर्को दलमा आबद्ध हुन नपाउने बताए । 

उनले भने,‘एउटा पार्टी परित्याग नगरिकन अर्को पार्टीमा आबद्ध हुन पाइँदैन । त्यसो गरेमा पार्टीले कारबाही गर्न सक्छ । तर,यसमा निर्वाचन आयोगले केही पनि गर्न सक्दैन ।’ होली वाइनको आयोजकसमेत रहेका ढकाल परिवार दलबाट दुईपटक संविधानसभा सदस्य बनिसकेका छन् ।

टिप्पणीहरू