मनमोहक कालिञ्चोक क्षेत्र (फोटोफिचर)

मनमोहक कालिञ्चोक क्षेत्र (फोटोफिचर)

कालिञ्चोक भगवती दोलखामा रहेको धार्मिक एवम् पर्यटकीयस्थल हो । काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य जिल्लामा रहेका सात भगवतीमध्ये कालिञ्चोक भगवती पनि एक हो । 

धार्मिक रुपमा निकै प्रसिद्ध कालिञ्चोक भगवतीलाई काठमाडौं नजिकैको तीर्थ पनि भन्ने गरिएको छ । कालिञ्चोकमा सबैभन्दा उच्च विन्दुमा रहेको ठाडो पहाडकोमाथि कालिञ्चोक भगवतीको मन्दिर छ । 

उकालो चढ्न गाह्रो हुनेलाई लक्षित गरी केबलकार सञ्चालनमा ल्याइएको छ । कालिञ्चोक भगवतीले भक्तजनको इच्छा पूरा गरिदिने धार्मिक मान्यता छ । जनैपूर्णिमा, दशैं, चैते दशैंलगायत चाडपर्वमा यहाँ भक्तजनको भीड लाग्ने गर्दछ । 

कालिञ्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिमश्रृङ्खला र प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ । कालिञ्चोकको सौन्दर्यताले पर्यटकहरुलाई मन्त्रमुग्ध बनाउने गरेको छ । विशेषतः पुस, माघ र फागुनमा हिँउ पर्ने भएकाले कालिञ्चोकको सौन्दर्य थप मनोरम हुन्छ । 

नजिकैको कुरीमा हिउँदमा हिउँ खेल्नेहरुको भीड लाग्ने गरेको छ । स्थानीय होटल सञ्चालकहरुलाई भ्याइनभ्याइ हुन्छ । प्रेमिल जोडीहरुले पनि यो स्थानलाई निकै मनपराउने गरेका छन् ।


 

टिप्पणीहरू