चीनमा नयाँ प्रतियोगिता : माछा समाउँदा गाउँले हर्षित

चीनमा नयाँ प्रतियोगिता : माछा समाउँदा गाउँले हर्षित

चीनमा विभिन्न किसिमका प्रतियोगिता हुने गरेको छ । हालै चीनको दक्षिणी भेगको क्वाङ्सी चुवाङ स्वायत्त प्रदेशको एउटा गाउँमा माछा समाउने प्रतियोगिता आयोजना गरिएको छ ।

युलिन नगरको रोङसिआन काउन्टीमा हालै उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी र उपस्थित दर्शकले निकै रोमाञ्चक भएको प्रतिक्रिया दिएका छन् ।

प्रतियोगीहरुलाई निश्चित समय दिएर माछा समाउन लगाइएको थियो । तोकिएको समयमा धेरै माछा समाउनेलाई विजेता घोषित गरिएको बताइन्छ ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू