सहकारी प्रकरणले नयाँ पार्टीको यथार्थ धरातल देखाएको छ : आहुती

सहकारी प्रकरणले नयाँ पार्टीको यथार्थ धरातल देखाएको छ : आहुती
सुन्नुहोस्

वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ले वैकल्पिक शक्तिको रुपमा उदाएका नयाँ राजनीतिक दलहरुसँग मुलुकलाई गति दिने कुनै विचार र एजेण्डा नभएको बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमत पार्टीतर्फ संकेत गर्दै उनले ती दलका अनुहार मात्र नयाँ तर सोच र संरचना पूरानै भएको दाबी गरेका छन् ।

लेखक तथा राजनीतिक विश्लेषक आहुतीले विशेषगरी सहकारी ठगी प्रकरणको विवादले रास्वपाको धरातल स्पष्ट पारिदिएको उल्लेख गरे । जनआस्थासँगको कुराकानीमा भने, ‘नयाँ पार्टीहरु कसरी बनेका रहेछन्, उनीहरुको धरातल के रहेछ, त्योसबै सहकारी ठगी प्रकरणले छताछुल्ल बनाएको छ नि ।’ 

आहुतीले पूरानाभन्दा नयाँ राजनीतिक दलका नेताहरु समाजको लागि ज्यादा हानिकारक भएको निश्कर्ष निकालेका छन् । ‘पूराना दलभन्दा नयाँदलहरु सूचना प्रविधिमा पोख्त छन्, जुन राम्रो पक्ष हो । तर उनीहरुको अनुहार मात्र नयाँ देखिन्छ । त्यो विश्व बैंकमा काम गरेर आएकाहरुले खोलेको पार्टी हो । विश्व बैंकले नेपाललाई ऋण बोकाइरहन चाहन्छ ।’ 

त्यस्तै, आहुतीले नेपाली साहित्यको प्रसंगमा पछिल्लो समय वैचारिक पुस्तकहरु निकै कम प्रकाशन हुन थालेको पनि बताएका छन् । पछिल्लो समयका आख्यान तथा गैरआख्यान पुस्तकहरुमा शब्दहरुको श्रृंगार मात्र भएको उनको आशय छ । यस्ता पुस्तक पढ्दा मनोरञ्जन हुने तथा समाजको चेतना वृद्धिमा खासै सहयोग नगर्ने उनको ठहर छ । 

आहुतीसँगको विस्तृत कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस् :

टिप्पणीहरू