स्वास्थ्य

यस्तो आयो मुम्बईबाट चन्द्र भण्डारीको खबर

ग्याँस सिलिण्डर बिस्फोटमा घाइते भएका काँग्रेस सांसद चन्द्र भण्डारीलाई भेन्टिलेटरबाट निकालिएको छ ।  भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाले ट्रायलका रुपमा भेन्टिलेटर हटाइएको हो । सांसद भण्डारीको सबै स्वास्थ्य पारामिटर सामान्य रहेको पनि जानकारी दिइएको छ ।  उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै मुम्बईबाट माधव न्यौपानेले दिएको जानकारी अनुसार भण्डारीलाई ज्वरो आएको छैन भने सुनिएको भाग घट्दै गएको छ ।  

Page 18 of 21