इलाममा एमाले र काँग्रेस १ र २,घण्टी चौथो,१५ जनाको जमानत जफत हुने अवस्था

इलाममा एमाले र काँग्रेस १ र २,घण्टी चौथो,१५ जनाको जमानत जफत हुने अवस्था

इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी गणनामा एमाले र काँग्रेसका उम्मेदवारले हाराहारीमा अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ को गणना सकिँदा नेपाली काँग्रेसका डम्बर खड्काले झिनो मतले अग्रता लिएका छन् । उनले ११५५ मत ल्याउँदा एमालेका सुहाङ नेम्वाङले १०७२ मत पाएका छन् । 

पहिचानवादीका साझा उम्मेदवार डकेन्द्र थेगिमको मुढा चिन्हले ३१३ र रास्वपाका मिलन लिम्बूको घण्टीले २११ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा काँग्रेसका खड्काले अग्रता लिएको वडा नम्बर २ मा यस पटक एमालेका सुहाङले ४० मत बढी पाएको देखिएको छ । वडा नम्बर १ मा खड्काले सुहाङभन्दा १२३ मत धेरै पाएका छन् ।

काँग्रेस र एमालेको भागमा ५० हजार भोट जाने आकलन गरेका छन् । घण्टी र मुढामा बढीमा आठ हजारका दरले मत भाग लागेपछि बाँकीमध्ये केही बदर र अरु १५ जना उम्मेदवारको भागमा पर्ने बताइन्छ ।

केही बेरअघि गणना भएको २ हजार ८०६ मतले घण्टी र मुढाबीच तेस्रोमा प्रतिस्पर्धा हुने संकेत गरेको छ । ६९ हजार २८७ खसेको मतमध्ये काँग्रेस, एमाले र घण्टीका साथै पहिचानवादीका तर्फबाट उम्मेदवार स्वतन्त्र थेगिमको बाहेक अरुको जमानत पनि जोगिने सम्भावना कम रहेको विश्लेषण गरिएको छ ।

प्रारम्भिक मत परिणामको विश्लेषण गर्दै स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ताले काँग्रेस र एमालेको भागमा ५० हजार भोट जाने आकलन गरेका छन् । घण्टी र मुढामा बढीमा आठ हजारका दरले मत भाग लागेपछि बाँकीमध्ये केही बदर र अरु १५ जना उम्मेदवारको भागमा पर्ने बताइन्छ ।

टिप्पणीहरू