सवारी साधनभित्र झारलको १० किलो मासु

सवारी साधनभित्र झारलको १० किलो मासु

कास्कीमा दुर्लल वन्यजन्तुको मासुसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ का ६९ वर्षीय बोरबहादुर लामा पक्राउ परेका छन् । 

उनलाई दुर्लभ वन्यजन्तु नाउर झारलको करिब १० किलो मासु र हड्डीसहित गएराति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । 

हिजो राति साढे ११ बजे पोखरा महानगरपालिका–३०, पावरहाउसस्थित सवारीसाधन चेकजाँच गर्ने क्रममा उनलाई मासुसहित नियन्त्रणमा लिइएको हो । 

उनलाई थप अनुसन्धानका निम्ति सम्बन्धित वन कार्यालयमा पठाइएको छ ।

टिप्पणीहरू