राजेन्द्र महतोद्वारा पुरानै पहिचान माग

राजेन्द्र महतोद्वारा पुरानै पहिचान माग

पूर्वमन्त्री तथा मधेसवादी नेता राजेन्द्र महतोले एकल जातीय चिन्तनबाट नेपालको शासन सत्ता चलिरहेको आरोप लगाएका छन् । 

आज काठमाडौंमा आफ्नै राजनीतिक जीवनी मा आधारित ‘अधुरा क्रान्ति’ नामक पुस्क विमोचन समारोहमा बोल्दै उनले त्यस्तो बताएका हुन् । त्यसक्रममा महतोले संविधानप्रति पनि चर्को बिमत्ति प्रकट गरे ।  

नेपाल अस्तित्वमा आउनुअघि नै छुट्टै राज्य र पहिचान कायम रहेको दाबी गर्दै उनले पृथ्वीनारायण शाहदेखि अहिलेसम्मका सबै शासकहरुले त्यस्तो पहिचान मेटाउने काम गरेको आरोप लगाए । १०४ वर्षे जहाँनिया राणा शासन हुँदै त्यसपछिको वंशीय शासनसम्म नश्लीय जातीय सत्ता चलेको उल्लेख गर्दै महतोले ०४६ सालको लोकतन्त्र र अहिले गणतन्त्रसम्म पनि उस्तै अवस्था रहेको बताए । 

नेता महतोले सबैको भाषा, संस्कृति र भेषभुषाले मान्यता पाउनुपर्नेमा जोडसमेत दिएका छन् । देश एकल चिन्तन सोचबाट चल्न नसक्ने उनको भनाई छ । 

पटक-पटक मन्त्री भएका र हालै लोकतान्त्रिक समाजवादी पार्टी छोडेर आफ्नै नेतृत्वमा 'राष्ट्रिय मुक्ति क्रान्ति' घोषणा गरेका महतो मलुक बहुराष्ट्र हुनुपर्ने पक्षका वकालतकर्ता पनि हुन् ।

टिप्पणीहरू