दाह्रा काटिएको जंगली हात्ती मृत फेला

दाह्रा काटिएको जंगली हात्ती मृत फेला
सुन्नुहोस्

झापामा दुवै दाह्रा काटिएको एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । मेचीनगर नगरपालिका– १२ स्थित कालिका सामुदायिक वनमा हात्ती मृत भेटिएको बताइएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार उक्त हात्ती अस्ति राति मारिएको आशंका छ । घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झापामा पछिल्लो दुई दशकमा २० वटा हात्ती मरेको अवस्थामा भेटिएको छ ।

टिप्पणीहरू