झण्डै तीन क्विण्टल गाँजा सशस्त्रको कब्जामा

झण्डै तीन क्विण्टल गाँजा सशस्त्रको कब्जामा

सशस्त्र प्रहरी बलको टोलीले रुपन्देहीमा दुई सय ७२ केजी ३३ ग्राम गाँजा पक्रेको छ ।रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्डमा भारततर्फ जाँदै गरेको भारतीय कन्टेनरमा उक्त परिमाणको गाँजा फेला परेको बताइएको छ । 

युपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरका चालक  ३६ वर्षीय सतनम सिंह पक्राउ परेका छन् । उनले चालकको सिटमाथि रहेको फल्स बटमभित्र उक्त गाँजा लुकाएका थिए ।

गाँजा, कन्टेनर र चालकलाई नेपाल प्रहरीसमक्ष बुझाइएको छ । लागुऔषध कारोबारमा सिंहसहित केही नेपाली नागरिकहरुको पनि संग्लनता हुनसक्ने सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरले बताए । सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोका सहायक हवल्दार विजय खतिवडाको विशेष सूचनाको आधारमा गाँजा फेला परेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू