मध्यराति बैंकमा छिरेका व्यक्ति खुकुरी लिएर बेपत्ता

मध्यराति बैंकमा छिरेका व्यक्ति खुकुरी लिएर बेपत्ता

मुगुस्थित एनआइसी एसिया बैंकमा अज्ञात समूहले लुटपाटको प्रयास गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार गयराति साढे ९ बजेतिर बैंकको मूल ढोका फोडेर भित्र प्रवेश गरि एक व्यक्तिले लुटपाटको प्रयास गरेका हुन् । तर, उनले पैसा लुट्न नसकेको र अन्य क्षेतीसमेत नभएको प्रहरीले जानकारी दिएको छ ।  

जिप्रकाबाट प्राप्त जानकारीअनुसार बैंकको सुरक्षा गार्डले लगाउने पोशाक र खुकुरी लिएर बेपत्ता व्यक्तिको अहिले खोजतलास भैरहेको छ । रक्सीको नशामा मातेर बैंकको गेट फोडेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
 

टिप्पणीहरू