नेपाली क्रिकेट टोलीको बलिङ सल्लाहकारमा इस्टविक

नेपाली क्रिकेट टोलीको बलिङ सल्लाहकारमा इस्टविक

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको ‘बलिङ कन्सल्टेन्ट’ मा रोडेरिक ओर्भिल्ली इस्टविकलाई नियुक्त गरेको छ । आईसिसी टी–२० विश्वकपलाई लक्षित गरेर संघले उनलाई बलिङ सल्लाहकारमा नियुक्त गरेको बुझिएको छ । 

६३ वर्षीय उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विश्वकपसम्म मार्गदर्शन गर्ने बताइएको छ । बार्बाडोसका तीव्र गतिका बलर उनीसँग लामो प्रशिक्षण अनुभव छ । सन् २०१६ मा वेस्ट इन्डिज क्रिकेट बोर्डले उनलाई क्यारेबियन टेस्ट राष्ट्रका लागि प्रशिक्षक नियुक्ति गरेको थियो ।

टिप्पणीहरू