सडकबत्ती हटाउने विद्युत प्राधिकरणको चेतावनी

सडकबत्ती हटाउने विद्युत प्राधिकरणको चेतावनी

नेपाल विद्युत प्राधिकरणले बक्यौता महशुल नतिरेका र बिना मिटर जडान गरिएका सडकबत्तीहरु हटाउने चेतावनी दिएको छ ।

स्थानीय तहहरुले सडकबत्ती प्रयोग गरेबापत करिब छ अर्ब रुपैयाँभन्दा बढी विद्युत महशुल बुझाउन बाँकी भएपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो । 

प्राधिकरणले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी रितपूर्वक ग्राहक बनेर मिटरमार्फत सडकबत्ती जडान गर्न स्थानीय तहहरुलाई सूचित गरेको छ । हालसम्म प्रयोग गरिएको सडकबत्तीको बक्यौता महसुल समर्थन गरी आवश्यक परेमा किस्ताबन्दीको सुविधा माग गर्न प्राधिकरणले जारी विज्ञप्तिमा उल्लेख गरेको छ । 

स्वीकृति नलिई सडकबत्ती जडान गर्ने कार्य नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ (संशोधनसहित) को दफा २ को खण्ड (ङ १) बमोजिम पूर्ण रुपमा गैरकानुनी भएको प्राधिकरण ठम्याई छ । 

‘नेपाल विद्युत प्राधिकरणबाट स्वीकृति नलिई सडकबत्ती जडान गर्ने कार्य नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ (संशोधनसहित) को दफा २ को खण्ड (ङ१) बमोजिम पूर्ण रुपमा गैरकानुनी रहेको छ । यसरी अनधिकृत तवरले विद्युत सेवा उपभोग गरेमा सोही ऐनको दफा २३ बमोजिम विद्युत लाइन काट्न सकिने व्यवस्था रहेको छ’, सूचनामा उल्लेख छ । 

प्राधिकरणले रितपूर्वक सडकबत्तीको ग्राहक नबन्ने, बक्यौता महशुल समर्थन नगर्ने र नतिर्ने, बिना मिटर स्वीकृति नलिई अनधिकृत तवरबाट सडकबत्ती जडान गरी प्रयोग गर्ने स्थानीय तह र कार्यालयको समेत विद्युत लाइन जुनसुकै समय काट्न सक्ने चेतावनी दिएको छ । प्राधिकरणले गत असोजमा पनि सडक बत्तीको महशुल तिर्न स्थानीय तहलाई ताकेता गरेको थियो ।

टिप्पणीहरू