राष्ट्र कल्याणका लागि महायज्ञ

राष्ट्र कल्याणका लागि महायज्ञ
सुन्नुहोस्

सप्तरीमा महाविष्णु महायज्ञ शुरु भएको छ । राष्ट्र कल्याणको लागि राजविराज नगरपालिका ७, खर्शालमा हिजोदेखि नौ कुण्डीय महाविष्णु महायज्ञको प्रारम्भ भएको छ ।

नौ दिनसम्म चल्ने महायज्ञमा बिहान वेद ध्वनी, कलश पूजा, हवन, भोग आरती, कथा प्रवचन र साँझ रासलीला कार्यक्रम हुने महाविष्णु महायज्ञ व्यवस्थापन समितिका संयोजक खुशीलाल यादवले बताए । 

कथा प्रवचनका लागि भारतको अयोध्याबाट पण्डित भगवान् शरणदास र देवी चन्द्रकला आएको उनले जानकारी दिए । ‘नौ दिनसम्म यो महायज्ञ चल्नेछ, यहाँ कथा प्रवचनको लागि भारतको अयोध्याबाट पण्डित भगवान् शरणदास र देवी चन्द्रकला आउनुभएको छ, उहाँहरुले सन्ध्याकालीन कथा प्रवचन गर्नुहुन्छ । यस यज्ञको मुख्य उद्देश्य राष्ट्र कल्याण नै हो’, उनले भने ।

टिप्पणीहरू