स्पेनमा नेपाली जनप्रगतिशील मञ्चको पाँचौ अधिवेशन, नयाँ कार्यसमिति गठन

स्पेनमा नेपाली जनप्रगतिशील मञ्चको पाँचौ अधिवेशन, नयाँ कार्यसमिति गठन
सुन्नुहोस्

नेपाली जनप्रगतिशील मञ्च, युरोपको पाँचौं अधिवेशन सम्पन्न भएको छ । ‘प्रवासका प्रगतिशील नेपाली एक हौं’ भन्ने मूल नाराका साथ १७ र १८ मार्चमा स्पेनको बार्सिलोनामा भएको अधिवेशन सफलतापूर्वक सकिएको हो । 

अधिवेशनबाट ३९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । कार्यसमितिको इञ्चार्जमा बेलायतका रणबहादुर खाती क्षेत्री चुनिएका छन् । त्यस्तै, अध्यक्षमा बेल्जियमका चित्र सुवेदी, उपाध्यक्षमा स्पेनका गंगाप्रसाद भुसाल, बेलायतका शेरसिंह ठकुरी, बेल्जियमकी कल्पना मगर, महासचिवमा अष्ट्रियाका धर्मराज खतिवडा, सचिवमा स्पेनका अर्जुन आचार्य, बेल्जियमकी निर्मला बजगाईं अधिकारी, पोर्चुगलका हरिसचन्द्र पोखरेल निर्वाचित भएका छन् । 

त्यस्तै, कोषाध्यक्षमा बेलायतका डोलराज भण्डारी, सहकोषाध्यक्षमा फ्रान्सका सुमन पौडेल, सदस्यमा श्याम खनाल, केशरबहादुर थापा, राजेन्द्र सेढाईं, काजी नेपाली, सावित्रा भारती, रुपक श्रेष्ठ, ठाइला किरात, पवन सुवेदी, होम गुरुङ्ग, ईश्वर रिजाल, प्रेम परियार, राममाया विक, महेशकुमार खाती, श्यामप्रसाद ढकाल, प्रेमचन्द्र भण्डारी, युवराज खनाल, बुद्ध लामा, लिली तामाङ्ग, नारायणप्रसाद अधिकारी, डिएस राणा, रविन्द्र लिम्बु, दूरबसा भण्डारी, जसमान दर्नाल, शुसिला खत्री, माया तामाङ्ग, मोहन केसी, विष्णु रायमाझी, सरिता शर्मा, भिम सुवेदी चुनिएका छन् । 

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि बसिसकेको मञ्चले जानकारी दिएको छ । मञ्चका अध्यक्ष सुवेदीको अध्यक्षतामा बसेको बैठकले संगठनको एकता र भरोसालाई उच्च स्थानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ । त्यस्तै, संगठनलाई थप चलायमान बनाउन नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुको सल्लाहसुझाव र साथ सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता पनि जनाएको छ ।

 

अधिवेशनमा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवम् चितवनको भरतपुर महानगरपालिकाको मेयर रेनु दाहाल, स्पेनको लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकाल, माओवादीका स्थायी समिति सदस्य तथा प्रवास समन्वय समितिका इञ्चार्ज राम कार्की, अर्जुन पाठक, माओवादी वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र भुसाललगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।

टिप्पणीहरू