दक्षिण कोरियामा नेपाली दूतावासको घुम्ती सेवा

दक्षिण कोरियामा नेपाली दूतावासको घुम्ती सेवा

दक्षिण कोरियाको सिओलस्थित नेपाली राजदूतावासले नेपाली श्रमिकलाई सहज रुपमा कन्सुलर सेवा दिने उद्देश्यले घुम्ती सेवा सञ्चालन गर्ने भएको छ । नोन्सान नेपाली एकता समाजको सह–आयोजनामा सुःखद् घर फिर्ता, सामाजिक सुरक्षा कोषमा आबद्धता, राहदानी नवीकरण र कन्सुलर सेवा प्रवाहसम्बन्धी घुम्ती सेवा कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

आगामी आइतबारका दिन नोन्सान सि शहरमा कार्यक्रम गर्न लागिएको छ । जारी सूचनामा घुम्ती सेवामा सक्रिय सहभागिता जनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ । 

दूतावासले भनेको छ,‘नेपाली राजदूतावास, सिओलको आयोजना र नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाको सह–आयोजनामा मिति २०८०–१२–११ गते सन् २०२४ मार्च २४ तारिख नोन्सान सि दक्षिण कोरियामा सुःखद् घर फिर्ती, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा राहदानी नवीकरण र कन्सुलर सेवा प्रवाहसम्बन्धी घुम्ती सेवा कार्यक्रम आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा सक्रिय सहभागिताको लागि सम्बन्धित सबैलाई अनुरोध छ ।’

त्यस्तै, कार्यक्रमबारे जानकारी लिन समाजका अध्यक्ष सोनम शेर्पाको फोन नम्बर ०१०७२६६४७२१ उपलब्ध गराइएको छ ।

टिप्पणीहरू