जग्गा दिलाउन मन्त्रीबाट ज्यादति

जग्गा दिलाउन मन्त्रीबाट ज्यादति
सुन्नुहोस्

जग्गा काण्डका कारण व्यापारी र मारवाडीहरू भागाभाग भइरहेको स्थिति छ । तर, मन्त्रीले नै त्यस्तै व्यापारीको पक्षपोषण गर्दै १५ रोपनीभन्दा बढी सरकारी जग्गा आजै/अहिले व्यापारीलाई लिजमा देऊ भनी धम्क्याउने र तर्साउने गर्न थालेपछि नक्सालतिर रुवावासी शुरु भएको छ ।

बालमन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गामा अहिलेका सेलिब्रिटी मन्त्री सुदन किरातीको आँखा लागेको हो । त्यहाँ रहेको जग्गा एउटा व्यापारी कम्पनीलाई लिजमा दिलाउनका लागि किरातीले संंगीत नाट्य एकेडेमीका पदाधिकारीलाई तारन्तार दबाब दिइरहेको स्रोतले दाबी गरेको छ । 

नाट्य एकेडेमीमा कुलपति निशा शर्मा, उपकुलपति शम्भु राई र सदस्यसचिवमा कुश्मा महराका अलावा कर्णबहादुर गौतम, चेतन सापकोटा, टीका पुन, भक्तबहादुर हमाल, हिशान मगरलगायत वर्ष दिनदेखि कार्यरत छन् । मन्त्री किरातीले टेलिफोन नै गरेर एकेडेमीका केही पदाधिकारीलाई उक्त निजी क्षेत्रलाई दिन दबाब दिने गरेको एकेडेमीकै एक प्राज्ञले बताए ।

बाल संगठन र ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त नाममा रहेको जग्गा व्यापारीलाई दिन मन्त्रीले तारन्तार दबाब दिने गरेको र भनेअनुसार नगरे मन्त्रालयमा तान्छु भनेर धम्क्याउने गरेको अडियोसमेत पदाधिकारीले रेकर्ड गरेर राखेको उनले बताए । जबकि कुलपति, उपकुलपति, सदस्यसचिव पद भनेको महानिर्देशकजस्तो मन्त्रालयमा तानेर जगेडामा राख्न मिल्ने पद होइन । 

टिप्पणीहरू