बजारमा ‘चिहानमाथि महल बनाइरहेको मान्छे’

बजारमा ‘चिहानमाथि महल बनाइरहेको मान्छे’

युवापुस्ताका सशक्त कवि घनश्याम अस्तित्वको नयाँ कृति ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ (कविता संग्रह) सार्वजनिक भएको छ । 

कृतिलाई कविहरु श्यामल अधिकारी, राधिका कल्पित र सुरज राणाले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । शिक्षक पेशामा समेत आवद्ध रहेका कवि अस्तित्वले आफ्नो कृतिमा पूरानो तथा नयाँ गरेर ६६ वटा कविता संग्रहित भएको बताए । 

प्युठानमा जन्मिएका अस्तित्वले लामो समयदेखि ग्रामीण तथा मोफसल परिवेशको भोगाइ र वर्तमान राजनीतिक अवस्थालाई चित्रण गरेर कलम चलाउँदै आएका छन् ।

उनका कवितामा प्रायः विसङ्गति, शिक्षा प्रणालीको कमजोरी, बेरोजगारी, गरिबीजस्ता विषयलाई समेटिएको पाइन्छ । कृतिलाई बिएन पुस्तक संसारले प्रकाशन गरेको हो ।

टिप्पणीहरू