कक्षा १२ को रिजल्ट आउनै लाग्यो

कक्षा १२ को रिजल्ट आउनै लाग्यो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । 

बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम अहिले अन्तिम चरणमा पुगेको छ । सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरि नतिजा प्रकाशनबारे निर्णय गरिने बोर्डले जनाएको छ ।

यसपटक पनि कक्षा १२ को नतिजा आईभीआर, एसएमएस, युएसएसडी र बेवसाइटमार्फत प्राप्त गर्न सकिने छ । नेपाल टेलिकमको ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर, १६०० मा एसएमएस गरेर वा एनटीसीको वेबसाइटबाट पनि रिजल्ट थाहा पाउन सकिनेछ । 

गत वैशाख २६ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए । जसमा ५६ हजारभन्दा बढी विद्यार्थीले गे्रडवृद्धिका लागि परीक्षा दिएका थिए ।
 

टिप्पणीहरू