कक्षा ९ को रजिष्टेसन फाराम चैतभरी

कक्षा ९ को रजिष्टेसन फाराम चैतभरी

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ९ को रजिष्ट्रेसन फाराम खुला गरेको छ । 

शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत (संस्कृत/वेदविद्याश्रम/गुरुकुल/मदर्सा/गोन्पा) र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीले २०८० सालको नियमित माध्यमिक शिक्षा परीक्षा (एसईई) मा समावेश हुनका लागि फाराम भर्न कार्यालयले आग्रह गरेको हो ।  कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी फाराम भर्न/भराउन अनुरोध गरेको छ । 

कार्यालयले आज निकालेको सूचनामा भनिएको छ, ‘विद्यालयहरुले आफ्नो विद्यालयमा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुको नामथर, जन्ममिति, आमाबाबुको नाम ठीकसँग भरे नभरेको रुजु गर्ने, गराउने पछिसम्म फरक नपर्ने गरी प्रमाणित गर्न र २०८० वैशाख १७ भित्र राजस्व शुल्कको विवरणसहित उक्त फाराम सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइ सक्नुपर्नेछ ।’

त्यस्तै, कार्यालयले आजदेखि चैत मसान्तसम्म नियमित शुल्कमा र २०८० सालको वैशाख १५ गतेसम्म दोब्बर शुल्कमा फाराम भर्न सक्ने जनाएको छ । फाराम भर्न अक्षराङ्कन पद्धतिबाट कक्षा ८ पूरा गरेको वा सो सरहको वार्षिक परीक्षा उत्तीर्ण भएको हुनुपर्ने छ ।

साथै, २०७२ देखि २०७७ सालसम्म विद्यार्थीले अनिवार्य विषयमा न्यूनतम 'डी' प्लस ग्रेड र २०७८ सालमा न्यूनतम 'डी' ग्रेड प्राप्त गरेको ग्रेडसिट र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू