दुई जना अतिरिक्त प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेर
नेपाल प्रहरीका दुईजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) को सरुवा भएको छ ।
एआईजीद्वय टेकप्रसाद राई र सुदिप गिरीलाई सरुवा गरिएको छ । प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागमा कार्यरत राई प्रशासन विभागमा पुगेका छन् ।
प्रदेश समन्वय विभागका गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको छ ।
टिप्पणीहरू