हुण्डी कारोबारको सूचना, निगरानी राख्दा एक करोडसहित दुई जना पक्राउ

हुण्डी कारोबारको सूचना, निगरानी राख्दा एक करोडसहित दुई जना पक्राउ

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जना समातिएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रुपन्देहीको सियारी गाउँपालिका–७ का २८ वर्षीय सुनिर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ गरेको हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई हिजो नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–५, मालिगाउँ एसियामा हुण्डी कारोबार भइरहेको गोप्य सूचना प्राप्त भएको थियो । 

निगरानी राख्ने क्रममा बा.१३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडीबाट ९८ लाख रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू