रुखमा बाँधेर जलाइएको अवस्थामा शव भेटियो

रुखमा बाँधेर जलाइएको अवस्थामा शव भेटियो
सुन्नुहोस्

काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव भेटिएको छ । 

आज बिहान पाँचखाल नगरपालिका–४ स्थित रुखमा पुरुषको शव पूर्ण रुपमा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले बताए । उनका अनुसार तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव भेटिएको हो । 

अहिलेसम्म शवको पहिचान खुल्न नसकेको डिएसपी श्रेष्ठले बताए । उनले भने, ‘रुखमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव भेटिएको छ । अहिलेसम्म पहिचान खुल्न सकेको छ । हामी अनुसन्धान गरिरहेका छौं ।’

टिप्पणीहरू