उच्च अदालतका तीन न्यायाधीशको सरुवा

उच्च अदालतका तीन न्यायाधीशको सरुवा

न्याय परिषद्ले तीन जना न्यायाधीशको सरुवा गरेको छ । परिषद्को आज बसेको बैठकले दुईको काज सिफारिससहित तीन जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । 

उच्च अदालत सुर्खेतका न्यायाधीश खडकबहादुर केसीको उच्च अदालत पोखरामा सरुवा भएको छ । उनको ठाउँमा उच्च अदालत पोखराका न्यायाधीश मदन पोखरेलको काज सिफारिस भएको छ । 

उच्च अदालत विराटनगरका न्यायाधीश नातिबाबु लामिछानेको भने उच्च अदालत पोखरामा काज सिफारिस भएको छ ।

टिप्पणीहरू