सडक पेटीमा सामान थुपार्ने हुसेन महानगरको फन्दामा

सडक पेटीमा सामान थुपार्ने हुसेन महानगरको फन्दामा

काठमाडौं महानगरपालिकाले सडक पेटीमा निर्माण सामग्री थुपार्ने एक व्यक्तिलाई कारबाही गरेको छ । 

स्वयम्भूस्थित सडक पेटीमा सिमेन्टका बोराहरु राखेर पैदलयात्रीलाई हिँड्डुल गर्न अवरोध पुर्याएको र पेटी फोहोर पारेको भन्दै  महानगरले महमद साहिद हुसेनलाई कारबाहीस्वरुप जरिवाना तिराएको हो । 

उनलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ । सफा, स्वच्छ तथा सुन्दर काठमाडौं बनाउने अभियानमा रहेको महानगरले सडकमा फोहोर नफाल्न र आवागमनमा असहज हुनेगरी सामानहरु नराख्न आग्रह गर्दै आएको छ । 

महानगरले जथाभावी फोहोर गर्नेलाई सम्झाउने, बुझाउने र अटेर गरेको खण्डमा जरिवाना तिराउने गरेको छ ।

टिप्पणीहरू