‘ऋण मिनाहा’ गराउन हिँडेकाहरुले बैंकको झ्याल फुटाए

‘ऋण मिनाहा’ गराउन हिँडेकाहरुले बैंकको झ्याल फुटाए

राजावादी अभियन्ता तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले झापामा बैंक तोडफोड गरेका छन् ।

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान’ का नाममा निकालिएको र्यालीका क्रममा उच्छृङ्खल समूहले ज्योति विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालयमा तोडफोड गरेका छन् । 

उनीहरुले ढुंगा प्रहार गरी झ्यालको सिसा फुटाएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । जिप्रकाका प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्णकुमार चन्दका अनुसार ढुंगा प्रहार गरिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकामा मनिकुमार तामाङ, बुलेट भन्ने अन्जेस राई, दिपेश राई र पवन दुलाल हुन् । 

‘उहाँहरुको संगठनले आज र्याली निकालेको रहेछ । सो क्रममा उच्छृङ्खल गतिविधि भएको हो । ढुंगा प्रहार गरेर बैंकको सिसा फुटाउँदै गर्दा चार जनालाई नियन्त्रणमा लिएका छौं’, उनले भने ।

टिप्पणीहरू