भैरहवा पुगेपछि अमेरिकी राजदूत भेटघाटमा व्यस्त

भैरहवा पुगेपछि अमेरिकी राजदूत भेटघाटमा व्यस्त

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन लुम्बिनी–भैरहवा क्षेत्रमा भेटघाटमा व्यस्त हुनुभएको छ । उहाँ सो क्षेत्रको पहिलो भ्रमणमा हिजो बेलुकी साढे ७ बजे काठमाडौंबाट बुद्ध एअरको उडानमा सात जनाको टोलीसहित जानुभएको थियो ।

राजदूत थम्पसन र दूतावास टोलीका अन्य  सदस्यहरूले सो क्षेत्रमा दूतावासको पहलमा भएका विभिन्न कार्यक्रमबारे थप जानकारी लिने बताइएको छ । दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘उहाँहरू भैरहवाको अमेरिकन कर्नरमा विद्यार्थीहरू, स्थानीय मदरसाका शिक्षक र विद्यार्थीहरू र त्यस क्षेत्रका युएसएआईडीका मिडिया फेलोहरूसँग भेटघाट गर्नु हुनेछ । उहाँहरूले त्यहाँको मीठा स्थानीय परिकारहरु पनि चाख्नु हुनेछ ।’ 

राजदूत थम्पसनको टोली केही दिन लुम्बिनी क्षेत्रमा रहने जानकारी दिइएको छ ।

टिप्पणीहरू