संसदमा बोल्न पाउँ भन्दै सभामुखलाई रवि लामिछानेको पत्र

संसदमा बोल्न पाउँ भन्दै सभामुखलाई रवि लामिछानेको पत्र
सुन्नुहोस्

सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ छिचोल्ने (ब्रेक थ्रु) कार्य सम्पन्न हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड त्यससम्बन्धी विशेष समारोहमा सहभागी हुन सेनाको हेलिकोप्टरमा त्यसतर्फ जानुभएको छ ।

उहाँ १६ जनाको टोलीसहित सैनिक हेलिकोप्टर एनए ०५७ एमआई १७ मा साढे ३ बजे त्यता जानुभएको हो ।

उक्त आयोजनाअन्तर्गत १३.३ किलोमीटर लामो सुरुङ निर्माण सम्पन्न हुँदै छ । आयोजना २०७९ असोज २८ गतेदेखि निर्माण थालिएको हो । सुनकोसी गाउँपालिका वडा नम्बर ७ कानढुङ्गीस्थित सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ ।

त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधारमा धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ र शुद्धीकरण गरेर मधेश प्रदेशमा खानेपानी वितरण गरिनेछ । आयोजनाबाट ३१.०७ मेगावाट बिजुली पनि उत्पादन हुनेछ । 

यसअघि वैशाख ३ गते प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको थियो । उहाँ पुगेपछि सुरुङको खुलाउन बाँकी दुई मिटर भागका लागि बिस्फोट गराइएको थियो ।

काठमाडौंको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गको लम्बाई दुई हजार ६ सय ६७ मीटर छ ।
 

टिप्पणीहरू