गृहसचिवसहित सुरक्षा निकायका प्रमुखहरुको टोली दार्चुलाको टिंकरमा

गृहसचिवसहित सुरक्षा निकायका प्रमुखहरुको टोली दार्चुलाको टिंकरमा
सुन्नुहोस्

गृहसचिव एक नारायण नेतृत्वको टोली दार्चुलाको टिंकर पुगेको छ । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतको टोली आज बिहान धनगढीबाट नेपाली सेनाको हेलिकोप्टर एनए ०६६ बेलमा त्यता गएको बताइएको छ ।

बिहान पौने ६ बजे धनगढीबाट उडेको उक्त हेलिकोप्टर साढे ६ बजे दार्चुलाको सदरमुकाममा केहीबेर रोकिएको बुझिएको छ । त्यसपछि सवा ७ बजे त्यहाँबाट प्रस्थान गरेको हेलिकोप्टर चाङग्रु गएको हो । 

तर साढे ७ बजे हेलिकोप्टर डुम्लिङमा अवतरण गरेको थियो । केहीबेर रोकिएको हेलिकोप्टर टोलीसहित पौने ८ बजे सीमा क्षेत्र टिंकरमा पुगेको हो । टोली हिजो साँझ साढे ५ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट धनगढी गएको थियो ।

टिप्पणीहरू