बैंकबाट झिकिएको रकम लुट्न हतियार तेर्साइयो

बैंकबाट झिकिएको रकम लुट्न हतियार तेर्साइयो

धनुषाको जनकपुरस्थित एक सहकारी संस्थामा कार्यरत कर्मचारी लुटिएका छन् । स्थानीय शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई हतियार देखाएर लुटिएको बताइएको छ ।

बैंकबाट पैसा झिकेर सहकारीको कार्यालयतर्फ जाने क्रममा मोटरसाइकलमा आएका केही व्यक्तिले सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोको साथमा रहेको ८० लाख रुपैयाँ लुटेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन अवाका अनुसार त्यसबारे आवश्यक छानबिन भइरहेको छ । ‘८० लाख रुपैयाँ लुटिएको भनिएको छ । यो विषयमा थप अनुसन्धान भइरहेको छ’, उनले भने ।

टिप्पणीहरू