सुन निलेका चोरलाई प्रहरी कार्यालयमा दिसा गर्न लगाइयो

सुन निलेका चोरलाई प्रहरी कार्यालयमा दिसा गर्न लगाइयो
सुन्नुहोस्

पाँचथरमा चोरीको सुन निलेका एक जना चोरलाई जिल्ला प्रहरी कार्यालयमा दिसा गर्न लगाइएको छ । फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले निलेको एक तोला सुन दिसाबाट निकालिएको हो । 

जिल्ला प्रहरी कार्यालय पाँचथरले ३६ घण्टापछि उक्त सुन फेला पारिएको बताएको छ । योङ्याले चैत २८ गते फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोर्ने क्रममा सुन निलेको बताइन्छ । 

चोर्ने क्रममा प्रहरी पुगेपछि उनले हतारमा एक तोला सुन निलेका थिए । प्रहरीले उनको साथबाट १५ हजार रुपैयाँ पनि बरामद गरेको छ । 

जिल्ला अस्पताल फिदिममा एक्स–रे एक्स–रे गर्दा योङ्याको पेटमा सुन देखिएपछि प्रहरीले दिसा गर्न लगाएर निकालेको उक्त धातुलाई स्थानीय सुनचाँदी पसलमा परीक्षण गरिएको थियो ।

प्रहरीले उनीविरुद्ध जिल्ला अदालत पाँचथरमा दायर गरेको मुद्दामा हिजो एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश भयो । तर, धरौटी रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा पठाइएको छ ।

टिप्पणीहरू